राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ४ असार, २०८१
पाल्पा, असार ३ । पाल्पामा चट्याङ लागेर एकको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका-३ भुवनपोखरी स्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको हो ।
गएराति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको थियो। जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा गएराति चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
पन्त स्थानीय जनपृय आधारभुत बिधालय डाडागाउँका प्रअ रहेको बताइएको छ ।