आईतवार, १० कार्तिक, २०८२

पाल्‍पामा घरमा आगलागी हुँदा जलेर नाै महिने शिशुकाे मृत्‍यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ पुष, २०८०

पाल्‍पामा घरमा आगलागी हुँदा जलेर नाै महिने शिशुकाे मृत्‍यु

पाल्पा।पाल्‍पाको निस्दी गाउँपालिका–३ क्यामरुङका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा जलेर नाै महिने शिशुकाे ज्यान गएको छ ।

शनिवार दिउँसो शिशुलाई घरमा सुताएर नजिकैको बारीमा काम गर्न गएको बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गोठमा गाईवस्तुलाई कुडो पकाउन सल्काएको आगोले घर जलेकाे हाे ।

एक तले कच्ची घर र गोठमा सल्किएको आगोले गोठमा रहेका भैँसी र बाख्रासमेत जलेर मरेका प्रहरीले जनाएकाे छ ।

advertisement_1676553851.gif