राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ७ बैशाख, २०८२
७ बैशाख २०८२, पाल्पा । पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् ।
आइतबार बेलुकी करिब ८ बजेतिर तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाँप जाने क्रममा भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर दुर्घटना भई जिप सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको हाे ।
तानसेनबाट खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएकामध्ये एक यात्रुको टाउकोमा गम्भीर चोट लागेको छ । अन्यकाे अवस्था सामान्य रहेकाे छ । घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धन भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।