मंगलवार, २८ आश्विन, २०८२

पाल्‍पामा खोलामा डुबेेर १७ वर्षीय युवकको मृत्‍यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २० फाल्गुन, २०७९

पाल्‍पामा खोलामा डुबेेर १७ वर्षीय युवकको  मृत्‍यु

पाल्‍पा। पाल्‍पाको  रैनादेवी छहरा स्थित कन्चन खोलामा डुबेर एक जना किशोरको मृत्यु भएको छ । आज शनिबार दिउसो करीब १२ बजेतिर छहराको कन्चन खोलामा पौडी खेल्ने क्रममा डुबेर १७ वर्षका भीमबहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान १० बजेतिर ती किशोर खोलातर्फ हिँडेका थिए । मृत किशोरको शब दिउँसोमात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

advertisement_1676553851.gif