बुधबार, २१ आश्विन, २०८३

पाल्पामा लामाे समयपछि बजार अनुगमन भेटियाे म्याद नाघेका खाद्य बस्तु

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

पाल्पामा लामाे समयपछि बजार अनुगमन भेटियाे म्याद नाघेका खाद्य बस्तु

२०८३ असोज २० पाल्पा । पाल्पामा लामाे समयपछि बजार अनुगमन भएकाे छ । विगत ८/९ महिनादेखि बजार अनुगमन प्रभावकारी नभएकाे अवस्थामा बगनासकालीमा बजार अनुगमन गरिएकाे हाे चाडपर्व नजिकिदै गर्दा गाउँपालिकासहित विभिन्न सराेकारवाला निकायले बजार अनुगमन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हक हित संरक्षण समिति र गाउँपालिकाकाे टाेलीले बजार अनुगमन गरेकाे हाे । अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ४० हजार ७५० रुपियाँ मुल्य बराबरको खाद्य वस्तु भेटिएकाे थियाे । म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गरिएकाे प्रहरीले जनाएकाे छ ।

म्याद गुज्रिएका सुजी, किसमिस, आटो मिठाइ, पाचक, पेप्सी, ,बियर, कुरकुरे, फुरनदाना लगायत रहेका छन् ।

advertisement_1676553851.gif