मंगलवार, १२ कार्तिक, २०८२

पाल्‍पामा मोबाइल चार्ज गर्दा करेन्‍ट लागेर महिलाको मृत्‍यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ बैशाख, २०८०

पाल्‍पामा मोबाइल चार्ज गर्दा करेन्‍ट लागेर महिलाको मृत्‍यु

पाल्‍पा। पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा-३, खाँदर बस्ने ५४ वर्षकी उमावती गाहाको करेन्ट लागेर आज बेलुकी मृत्यु भएको हो ।

शुक्रबार साँझ मोबाइल चार्ज गर्ने क्रममा गाहालाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएको गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

advertisement_1676551646.gif