मंगलवार, २८ आश्विन, २०८२

पाल्पामा स्क्रब टाइफसबाट १२ वर्षीया बालिकाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० भाद्र, २०८२

पाल्पामा स्क्रब टाइफसबाट १२ वर्षीया बालिकाको मृत्यु

२०८२ भदौ १०, पाल्पा । पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्‍यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी १२ वर्षीया अस्मिता कुमालको ज्यान गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिए ।

स्थानीय वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिताको गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको थियो । लगातार ज्वरो, टाउको, गर्धन र घाँटी वरिपरि पसिना, बिमिरा आउनेलगायतका समस्या भएपछि उपचारका लागि लगिएको मृतकका परिवारले जनाएका छन् ।

रैनादेवी छहरामा गएको साउनदेखि अहिलेसम्म ४८ जनामा स्क्रब टाइफस र १० जनामा डेङ्गीकाे पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

advertisement_1676553851.gif