राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १७ पुष, २०८२
०८२ पुष १७, पाल्पा । मतदाता सङ्ख्या बढेसँगै पाल्पामा ५ वटा मतदान केन्द्र थप भएकाे छ । यसअघि पाल्पामा २४६ मतदान केन्द्र थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा ५ वटा मचदान केन्द्र थपिएपछि २५१ पुगेकाे छ ।
जिल्लाको रामपुर ववडा नं. ९, निस्दीको वडा नं. १, माथागढीको वडा नं. १, तिनाउको वडा नं. ६ र बगनासकालीको वडा नं. २ मा एक/एक वटा गरी पाँच वटा मतदान केन्द्र थप भएर आएको छ ।
मतदाता सङ्ख्या बढेकाले पाँच स्थानमा मतदान केन्द्र थप भएको निर्वाचन कार्यालय पाल्पाका लेखापाल विनाेद घिमिरेले जानकारी दिए । पाल्पामा यसअघि कायम भएकाे ११८ मतदान स्थल नै कायम भएका छन् ।