आईतवार, १० कार्तिक, २०८२

पाल्पामा यार्सागुम्बा भटिएकाे पुष्टि

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ जेष्ठ, २०८२

पाल्पामा यार्सागुम्बा भटिएकाे पुष्टि

२५ जेठ २०८२, पाल्‍पा । पाल्पाको रम्भामा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित भएको छ ।

डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा यार्सागुम्बा भए नभएको परिक्षण गर्न नमुना पठाएको थियो । कार्यालय प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा भेटिएकाे यार्साजस्ताे देखिने जडीबुटी यार्सागुम्बा भएकाे प्रमाणित भएकाे जानकारी दिए । रम्भा गाउँपालिकाले यस अघी नै उक्त वनमा प्रवेश गर्न निषेध गरिसकेको छ ।

त्‍यस्‍तै वडा नं२ फाेक्सिङ्काेट क्षेत्रमा पनि यार्सागुम्बा जस्ताे जडीबुटी फेला परेकाे छ । त्यसकाे भने पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

advertisement_1676551537.gif