आईतवार, १० कार्तिक, २०८२

पाल्पामा युवती हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १६ चैत्र, २०८०

पाल्पामा युवती हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

पाल्पा। रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या अभियोगमा पक्राउ परेका युवकलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठको अनुसार पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका बताउनुभयाे । उहाँले मंगलबार दिउँसो १२ बजे हत्या गरेको खुलेको बताउनुभयाे

पद्‍मा घरभन्दा केहीटाढा रहेको धारामा नुहाउन गएकी थिइन्। देवलाल सोही धारामा पुगेका थिए। उनीहरू बीच सामान्य विवाद भएको थियो। के बारेमा विवाद भएको भन्नेबारे खुलिसकेको छैन। विवादपछि डोकोमा धोएका कपडा बोकेर घर फर्किँदै गरेकी पद्‍मालाई पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले जानकारी दिनुभयाे । 

देवलालको घर धारो नजिकै पर्छ। यहाँ देवलालको एक्लो घर छ। शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो। आज थप प्रमाण भेटिएको छ। उनको घरबाट रगत लतपतिएको कपडा र खुर्पा फेला परेको छ। गोठबाट मृतकको मोबाइल फेला परेको बुझिएको छ।

मृतक पद्‍माका बुवा दलबहादुर सुनारले किटानी जाहेरी दिएका छन्। शुक्रबार मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रनाउ श्रेष्ठले बताउनुभयाे ।मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको उहाँकाे भनाइ छ ।

उनको हातका औंला छिनिएको छ। हातका पाखुरा, घाँटीमा काटिएको अवस्था छ। शव पोष्टमार्टमका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए ।

advertisement_1676551694.gif