शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पाल्पा महाेत्सव सकियाे, ८ कराेडकाे काराेबार, ३ लाख बढीले महोत्सवको अवलोकन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ बैशाख, २०८०

पाल्पा महाेत्सव सकियाे, ८ कराेडकाे काराेबार, ३ लाख बढीले महोत्सवको अवलोकन

पाल्पा। पाल्पा महोत्सव आज सकिएको छ । बैशाख १४ गतेदेखि सुरु भएको महोत्सव २४ गते सम्‍म गरि १० दिन चलेको महोत्‍सव आज सकिएको हो । १३ औं संस्करणको रुपमा भएको यस महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्रि, वितरणका साथै कृषि, पर्यटन, कुटीर उद्योग तथा सांस्कृतिक पहिचानलाई प्रचारप्रसार गर्ने र आन्तरिक बजार प्रबद्र्धन गर्न महोत्‍सवको आयोजना गरिएको थियो।

महोत्सवको समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार र उद्योगी व्यवसायीको सहकार्यबाट नै अहिलेको आर्थिक संकटलाई समाधान गर्न सकिने बताउनुभयो । उहाँले सरकार र नीजि क्षेत्रसँगै हिँडेर मात्र अहिले देखिएको आर्थिक संकटलाई समाधान गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले बोल्दै महोत्सव सफल रहेको बताउनुभएको थियो । महोत्सव अबधिभर ८ करोडको कारोबार भएको र तीन लाख दर्शकले मेलाको अवलोकन गरेको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक विदुर घिमिरेले बताउनुभयो ।

समापन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ, राष्ट्रियसभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजु महर्जन, पूर्व अध्यक्ष मधुदयाल सैजु, साँस्कृतिक कार्यक्रमका निर्याणक मण्डलकी शकुन्तला बज्राचार्य लगायतले आर्थिक मन्दिको समयमा मेला महोत्सवले केही भए पनि आर्थिक चलायमान बनाउनेमा विश्वास व्यक्त गर्नुभयाे ।

संघका अध्यक्ष शैलेन्द्र भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रम संघका उद्योग उपाध्यक्ष उत्तम कुमार बज्राचार्यको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा भएको थियो ।  पाल्पा उद्योग वाणिज्य संघले महोत्सव आयोजना मा तानसेनको टुडिखेल मैदानमा चलेको थियो।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg