मंगलवार, १२ कार्तिक, २०८२

‘पाल्पा महोत्सव २०८०’ तानसेनमा आजदेखि  सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ बैशाख, २०८०

‘पाल्पा महोत्सव २०८०’ तानसेनमा आजदेखि  सुरु

पाल्पा । पाल्‍पामा ‘पाल्पा महोत्सव २०८०’ तानसेनको टुडिखेल मैदानमा आजदेखि  सुरु भएको छ । पाल्‍पा उद्योग वाणिज्‍य महासंघ आयोजनमा सुरू भएको हो।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय वस्तुगत उपाध्यक्ष हेमराज ढकालले महोत्सवको उद्घाटन गर्नु भएको थियो। महोत्सवको उद्घाटन समारोहमा जिल्लाका सांसद, राजनैतिक दलका प्रमुख, प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधी, कर्मचारी लगायतका वक्‍ताहरूले पाल्पाको व्यापारमा महोत्सवले सकारात्मक भुमिका खेल्ने विषयमा जोड दिँदै शुभकामना व्यक्त गरेका छन् ।

बैशाख १४ गतेदेखी २४ गते सम्म आयोजना भएको पाल्पा महोत्सव २०८० मा २ सय ८० स्टल सहभागी भएको महोत्सवलाई आकर्षक र सफल बनाउन स्थानीय र राष्ट्रिय कलाकारको प्रत्येक दिन प्रस्तुति रहने समेत आयोजकले जनाएको छ ।

१३ औं संस्करणको रुपमा भएको यस महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्रि, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी राखिएको साथै पाल्पालाई करुवा र ढाका बाहेक अदुवाको जिल्लाको रुपमा थप चिनाउन यस महोत्‍सवले चिनाउने उद्देश्‍यका साथ महोत्‍सवका आयोजना गरिएको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो ।

महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनी बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो माबाईल्सका स्टल र नेवारी तथा मगरि खानाका परिकारहरु समेत रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बताउनुभयो ।

advertisement_1676553908.gif