शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ डिजाइनमा पक्की पुल निर्माण सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ मंसिर, २०८०

पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ डिजाइनमा पक्की पुल निर्माण सुरु

पाल्‍पा,२५ मंसिर । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ डिजाइनमा पक्की पुल निर्माण सुरु भएको छ । लुम्विनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माणको काम सुरु भएको हो ।

वि.सं २०२८ मा ‘स्टिल ट्रस’ हुँदै राम्दीमा पुल निर्माण सिद्धार्थ राजमार्ग निर्माण भएका बेला बनेको थियो । हाल उक्त पुल जीर्ण भएर दोहोरो आवत–जावतमा रोक लगाइएको छ । दश टनभन्दा धेरै समान बोकेका ट्रकलाई सञ्चालनमा रोक लगाइएको बताइएको छ ।

६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक-पटक मर्मत गरिदै आएको थियो । पुरानो पुल नजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो । नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ ।

पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण सुरु भएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख सूचना अधिकारी तथा इन्जिनियर आशिक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा पाएको छ । राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg