शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

प्रेस चौतारी पाल्पा शाखाले गर्यो पत्रकारहरुलाई पुरस्कार वितरण तथा संस्थापकलाई सम्मान।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २८ जेष्ठ, २०८०

प्रेस चौतारी पाल्पा शाखाले गर्यो पत्रकारहरुलाई पुरस्कार वितरण तथा संस्थापकलाई सम्मान।

पाल्पा। प्रेस चौतारी पाल्पा शाखाले  पत्रकारहरुलाई पुरस्कार वितरण तथा प्रेस चौतारी पाल्पाका संस्थापकहरुलाई सम्मान गरेकॊ छ। पुरस्कृत हुनेहरुमा भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट कृष्ण पोखरेल, सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट  नेत्र गैरे र  भुवन रायमाझी, गिता स्मृती पत्रकारिता पुरस्कारबाट  रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट  विजयकुमार वौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट कृष्ण पौडेल, पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट  बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवास पुरस्कृत भएका हुन। 


यस्तैगरी शाखाले प्रेस चौतारी पाल्पा शाखाका संस्थापकहरु लाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सेना, श्रीधर खनाल , कृष्ण घिमिरे र गिता ज्ञवाली लाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । प्रेस चौतारी नेपालको पाल्पा शाखा केशवराज नेपालको नेतृत्वमा २०५७ सालमा स्थापना भएको थियो ।


 प्रेस चौतारी पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस चौतारी का केन्द्रिय अध्यक्ष  गणेश बस्नेत,एमाले पाल्पा का अध्यक्ष धनेन्द्रराज घिमिरे,प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्य ,जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेस चौतारी लुम्विनी प्रदेश सहइन्चाज कमलराज तिमिल्सीनाप्रेस चौतारीका संस्थापक अध्यक्ष केशबराज नेपाल , नेपाली काग्रेसका कार्यवाहक सभापती झपेन्द्र गहिरे,भगवान भण्डारी,बिदुर घिमिरे  लगाएतले बोलेका थिए। 

प्रेस चौतारी पाल्पा शाखाले गर्यो पत्रकारहरुलाई पुरस्कार वितरण तथा संस्थापकलाई सम्मान।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg