राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २६ पुष, २०८१
बुटवल । पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो ।
आज शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।