राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ भाद्र, २०८०
दाङ । दाङमा प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौं बस्ने ५८ का नरेश गौतम रहेका छन् । गौतमले लमही नगरपालिका- ७ की एक २२ वर्षीया युवतीसँग नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
पीडित महिलाले उजुरी दिएपछि गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पक्राउ परेका गौतमलाई दाङ ल्याएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।