शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन ।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ जेष्ठ, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे  लुम्बिनी  केबलकारको  उद्घाटन  ।

रुपन्देही ।आईएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन आज  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  गरेका छन् । सर्वा साधारणका लागि यस अघि नै खुला गरीए पनि औपचारिक रुपमा आज उद्घाटन भएको हो। प्रधानमन्त्रीले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका थिए । 

बुटवल उपमहानगरपालिका–३ गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म झन्डै तीन किलोमिटर दूरीको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार को रुपमा परिचित रहेको छ ।

लुम्बिनी केबलकारबाट पाल्पाको वसन्तपुर  कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी धार्मिक तथा उत्कृष्ट पर्यटकीय स्थल मा पुग्न सकिन्छ। उक्त स्थान बाट बुटवल तर्फ को समतल भाग तथा भारत का भिभिन्न स्थानहरु समेत  दुरबिन लगाएर हेर्न सकिन्छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार  लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताएका छन्  । 

लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको लागत झन्डै पाँच अर्ब रुपैयाँ छ ।पहिलो चरणमा केबलकारमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काई वाक, जीपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । 

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको जनाइएको  छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न यो  केबलकार एउटा  सजिलो माध्यम बन्न सक्ने छ। 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg