मंगलवार, २८ आश्विन, २०८२

पश्चिम नवलपरासीमा सात सय ४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २ भाद्र, २०८२

पश्चिम नवलपरासीमा सात सय ४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण

फाइल तस्विर

२०८२ भदौ ०२, पश्चिम नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ ।

बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २८८ दशमलव पाँच हेक्टर क्षेत्रफल, सुनवल नगरपालिकामा १७३ दशमलव ९९ हेक्टर क्षेत्रफल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा १५७ दशमलव ८२ हेक्टर क्षेत्रफल, प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६ दशमलव ५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको डिभिजन वन कार्यालय नवलपरासीका सूचना अधिकारी मोसाफिर भगतले जानकारी दिए ।

उनका अनुसार अतिक्रमण गरिएपछि वनको क्षेत्रफल घट्दै गएको छ ।

advertisement_1680627706.gif