शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पदक जित्ने खेलाडीलाई शनिवार एक कार्यक्रमका बीच सम्मानित गरियो ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ पुष, २०८०

पदक जित्ने खेलाडीलाई  शनिवार एक कार्यक्रमका बीच सम्मानित गरियो ।

नेपालगन्ज ।(बाँके) पवन जायसवाल ।१० औँ विश्व स्ट्रेन्थलिफ्टिङ तथा ईन्क्लाईन बेन्च पे्रस प्रतियोगिता –२०२३ मा भारतको हैदराबादमा भएको प्रतियोगिता बाँकेको नेपालगन्जबाट स्वर्ण पदक जितेका दन्तरोग बिशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्य सहितका खेलाडीलाई पौष  १४ गते शनिवार एक कार्यक्रमका बीच सम्मानित गरिएको छ । 

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाईफलाइन अस्पताल र गणपति डेन्टल क्लिनिकको आयोजनामा    लाईफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्यमा स्ट्रेन्थलिफ्टिङ संघका उपाध्यक्ष सौरभ कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । 

भारतको हैदराबादमा पौष २ गते देखि ५ गते सम्म ( १८ देखि २२ डिसेम्बर, २०२३ ) १० औँ विश्व स्ट्रेन्थलिफ्टिङ तथा ईन्क्लाईन बेन्च पे्रस प्रतियोगितामा नेपालगन्जका निवासी डा. प्रतिक श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धा गरी स्वर्ण पदक जित्न सफल हुनु भएको छ । 

यसैगरी नेपालगन्ज वडा नं.–२ घरवारीटालका निवासी सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धा गरी रजत पदक जित्नु सपल हुनुभएको छ । दुवै जना खेलाडीले नगद रकम सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नु भएको छ । उक्त प्रतियोगितामा नेपालबाट ४५ जना खेलाडी मध्येमा बाँके जिल्लाबाट  ५ जनामा दन्तरोग बिशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्य, देवेन्द सिंह, मोहित गुप्ता र अनिल सिंह सिजापतिको भारतको हैदराबाद प्रतियोगितामा सहभागिता रहेको थियो । स्वर्ण पदक विजेता डा. प्रतिक श्रेष्ठले उनीहरूले १६ स्वर्ण, १४ रजत र चार कांस्य पदक जितेको बताउनुभयो ।

लाईफलाइन अस्पतालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अशोक श्रेष्ठ दन्तरोग बिशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्य खेलाडीलाई पदक, अबीर र देवेन्द सिंह, मोहित गुप्ता र अनिल सिंह सिजापतिलाई अबीर लगाएर सम्मान गरेका थिए ।

यसरी कार्यक्रममा प्रमुख अतिथि अशोक श्रेष्ठले नेपालको देशको गौरब बढाउनु र  नेपालगन्जको नाम पनि उच्च गर्नुभएकोमा धन्यवाद सहित यस खेलका खेलाडीहरुलाई सहयोग गर्ने बताएका थिए । स्ट्रेन्थलिफ्टिङ संघका केन्द्रिय सदस्य तथा रजत पदक बिजेता सन्तोष काजी शाक्यले ३५ वर्ष देखि यस खेलबामा लागेको बताएका थिए, लाईफलाइन अस्पतालका सञ्चालक डा. पारस श्रेष्ठ लगायतले बिचार राख्दै स्ट्रेन्थलिफ्टिङ खेलाडीलाई सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । 

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg