आईतवार, १० कार्तिक, २०८२

रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ असार, २०८२

रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम

५ असार २०८२, पाल्‍पा । पाल्‍पा रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान गरिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम प्रदान गरिएको हो । तालिम गत जेठ १६ गते देखि बुधबार सम्म सञ्चालन भएको थियो ।

तालिम समापनको अवसरमा सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताए । उनले महिलाहरुलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गरे । नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको बताए । यस अघि सञ्चालन भएका तालिम पश्चात विभिन्न वडामा महिलाहरुले उद्यम व्यवसाय सञ्चालन गरिरहेको जानकारी दिए ।

उद्यमीहरुलाई व्याज अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरुलाई आवश्यक उपकरणहरु अनुदानमा प्रदान संगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने बताए । रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई उद्यम बनेर अघि बढ्न आग्रह गरे । तालिम पश्चात उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आउनु भएका महिलाहरुलाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको बताए । साथै उहाँले उद्यमी महिलाहरुले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घर बाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएको जानकारी दिए । 

(रामपुर नगरपालिकामा सञ्चालन भएको तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिममा प्रशिक्षक बन्दना राना र निर्मला सारुले खादा बनाउने सिप प्रदान गर्नु भएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको समापन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारले गरेकी थिइन ।

advertisement_1744958411.jpg