शुक्रबार, २ फाल्गुन, २०८१

रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना, ८ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ असार, २०८१

रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना, ८ जना घाइते

बुटवल, असार २५  गते । रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ शंकरनगरमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

समा सवार ८ जना घाइते मध्य सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । बसमा करिब १५÷१६ जना सवार रहेका थिए ।

तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif