आईतवार, १० कार्तिक, २०८२

रुपन्देहीको गरगट्टी चम्रौटीमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ असार, २०८२

रुपन्देहीको गरगट्टी चम्रौटीमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

७ असार २०८२, बुटवल । रुपन्देहीमा शनिबार दिउँसो टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका-७, गरगट्टी चम्रौटी टोलको मोडमा टिप्परको ठक्करबाट सम्मरीमाई गाउँपालिका-५ का २० वर्षीय समिर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको हो । 

बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टीमा ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले ठक्कर दिने टिप्पर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

गम्भीर घाइते खान र ठाकुरलाई भैरहवास्थित भीम अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

advertisement_1760855394.gif