राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १६ चैत्र, २०७९
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानलेे ५० हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको बताए ।
गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज विहान साढे ११ बजे उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।