राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ जेष्ठ ०२, शनिबार, रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका-५ नोउडीहवा बस्ने ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकी उनको सीटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।