आईतवार, १० कार्तिक, २०८२

रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ जेष्ठ, २०८२

रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला

२५ जेठ २०८२, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार विहान करिब १ बजे खेतमा भेटिएकी प्रहरीले जनाएको छ । 

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले विहान २ बजे नै सो ठाउँमा पुगेर अनुसन्धान अघि बढाएको छ ।

उनका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

advertisement_1676551694.gif