राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २८ असार, २०८०
चुरामणि तिमिल्सेना, पाल्पा । गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक, ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको सेवा बिहीबार बाट सुरू गरिएको छ।
विभिन्न क्षेत्र बाट पाल्नुहुने आन्तरीक तथा बाह्य पर्यटक हरुलाई स्थानीय पर्यटकीय गन्तब्यको प्रचार-प्रसार गर्ने उदेश्यका साथ वल्डलिंक नेटवर्क कम्युनिकेशन सञ्चालक देव थापा र रुरु क्षेत्र गाउँपालिका वार्ड नं १ को विशेष पहलका साथै टोल विकास संस्थाको सहयोगमा फ्रि वाई.फाई जडान गरिएको वडा नं १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो। वाईफाई सेवा सञ्चालन गर्नका लागि चेतनशिल बहुउद्देश्य सहकारीको संस्थाले विद्युत सेवा निशुल्क उपलब्ध गर्ने सहकारी कि अध्यक्ष लक्ष्मी ज्ञवालीले बताउनु भयो ।
हिजो आज लाखौको रोजाइमा रहेको रूरूक्षेत्र रिडि क्षेत्र पुलमा सुटिङ गर्न, टिक टक बनाउन म्युजिक भिडियोको छायाँकन गर्नेहरूको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि यसलाई मध्यनजर गरि यस क्षेत्रमा आउने पर्यटनहरूलाई सजिलो होस र रूरू क्षेत्रलाई प्रसार-प्रसार गर्न पर्यटकहरूले खिचेको फोटो, भिडियो, छायॉंकनले मद्वत पुगोस रिडिको तिनमुखे पुलमा वाइफाइ सेवा सञ्चालन गरिएको रुरु १ टोल विकास संस्थाका अध्यक्ष प्रेम भण्डारीले बताउनु भयो।
नेपालकै चार मध्य एक धामले चिनिएको यो क्षेत्रलाई प्रचार-प्रसार गर्न थप सहयोग हुने स्थानीयहरूले बताएका छन। पर्यटकलाई लोभ्याउने कार्यक्रम ल्याएमा पर्यटकहरूको संख्यामा वृद्वि हुने समेत बताएका छन।