शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आगामी कात्तिक १८ र १९ गते पश्चिम नवलपरासी हुदै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ कार्तिक, २०८०

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आगामी कात्तिक १८ र १९ गते पश्चिम नवलपरासी हुदै

नवलपरासी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आगामी कात्तिक १८ र १९ गते पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ ।  राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले आज मंगलबार परासीमा पत्रकार सम्मेलनकाे आयोजना गरि अधिवेशनको बारेमा जानकारी दिइएको हो।

अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३ सय २४ प्रतिनिधि सहभागि हुने अधिवेशनले  प्रदेश अध्यक्ष १, उपाध्यक्ष १,सचिव १, सहसचिव २ र कोषाध्यक्ष सहितको ६ जना पदाधिकारी सहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने  छ ।  कात्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रभावशाली युवा नेता महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, महा-सचिव सुमन पुरी लगायतका पदाधिकारीकाे उपस्थिति रहने संयोजक प्रितम पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघ आवाज विहिनहरूकाे आवाज बनी रहेकाे बताउदै महा-सचिव पुरीले  मुलुकलाई शान्ति समृद्ध बनाउने सक्ने एकमात्र पार्टी भनेकै नेकपा एमाले रहेको बताउनुभयाे । युवा संघको अधिवेशन सगैँ एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा अगाडि बढेकाे भन्दै महा-सचिव पुरीले जनताको आवश्यकतालाई एक मात्र लक्ष्य बनाएकाे दाबी गर्नुभयो ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सह-संयोजक सुरज खरेलले बताउनुभयो । उहाँका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरि ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरि साढे तीन सय बढीले अधिवेशनमा सहभागिता जनाउने छन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg