आईतवार, १० कार्तिक, २०८२

राष्ट्रपति गरे सुस्ताको नारायणी नदीमा निर्माण भएको झोलुंगे पुलेको उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १० आश्विन, २०८१

राष्ट्रपति गरे सुस्ताको नारायणी नदीमा निर्माण भएको झोलुंगे पुलेको उद्घाटन

नवलपरासी, असोज १० । राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुलेको उद्घाटन गरेका छन् । नवलपरासी ९ बर्दघाट सुस्ता पश्चिम०स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर ९सुस्ता० मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपती पौडेलले उद्घाटन गर्नु गरेका हुन् ।

नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, मुख्यमन्त्री चेतनारायण आचार्य, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागि भएका थिए ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने तीन सय ५० घरधुरी परिवारलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अब नहुुुने सुस्ता गाउँपालिकाका अध्‍यक्ष टेक नारायण उपाध्यायले बताए। बर्षायाममा उच्च वहाव हुँदा स्‍थानियले नदी तर्न जोखिम हुुुन गरेको थियो । 

 एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको पालिकोले जनाएको छ । 

advertisement_1676551694.gif