शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

रक्त सम्राट कर्माचार्यलाई रक्तदाता समाज बाँकेद्वारा सम्मान ।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ कार्तिक, २०८०

रक्त सम्राट कर्माचार्यलाई रक्तदाता समाज बाँकेद्वारा सम्मान ।

नेपालगन्ज । नेपाल सरकारद्वारा रक्त सम्राट पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यलाई नेपालगन्जमा आज एक कार्यक्रम वीच सम्मान गरिएको छ । नेपालकै इतिहासका सबैभन्दा बढी १७६ पटक रक्तदान गर्न बाँकेको राप्ती सोनारी गाउँपालिका पुग्नुभएका रक्त सम्राट एवं समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई समाजको बाँके शाखाले शुक्रवार सम्मान गरेको हो । 


आजै काठमाडौंबाट रक्तदान कार्यक्रममा सहभागी हुन आउनु भएका रक्त सम्राट एवं अध्यक्ष कर्माचार्यले राप्ती सोनारी गाउँपालिका वडा नं. ६ मा आयोजित वृहद् रक्तदान कार्यक्रममा १ सय ७६ औं रक्तदान गर्नुभएको छ । व्यक्तिगत खर्चमा नेपालगन्ज आएर उहाँले रक्तदान गर्नुभएको हो । यसअघि पनि बर्दिया, मुगु, डोल्पा लगायत जिल्ला जिल्लामा आयाृजित रक्तदान कार्यक्रमहरुमा पुगेर रक्तदान गर्दै आउनु भएको छ । 
रक्तदान अभियानलाई व्यापक बनाउन अध्यक्ष कर्माचार्यले खेलेको भूमिका प्रेरणादायी रहेको भन्दै समाज बाँके शाखाले दोसल्ला एवं सम्मानपत्रले सम्मानित गरेको छ । सो क्रममा बोल्दै उहाँले रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । 
त्यसै खेर जाने रगतलार्ई समयमा अरुको ज्यान जोगाउन खर्च गर्नुपर्ने उहाँको जोड छ । स्वस्थ्य व्यक्तिले आफ्नो १८ औं जन्मोत्सवको अवसरमा रक्तदान कार्यलाई शुरु गर्न पनि आह्वान गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द वाग्ले र प्रवास शाक्यलाई समेत खादाले स्वागत गरिएको थियो । 


कार्यक्रममा वरिष्ठ पत्रकार एवं समाज बाँके शाखाका सल्लाहकार पूूर्णलाल चुकेले सम्मानित व्यक्तित्व प्रेमसागर कर्माचार्यको व्यक्तित्व र योगदान बारे चर्चा गर्नु भएको थियो ।
समाजको बाँके शाखा अध्यक्ष दिला शाहले नेपालमा स्वयंसेवी रुपमा रक्तदान अभियानलाई निरन्तर संचालन गर्न प्रेरणा प्रदान गरिरहनुभएका रक्त सम्राट कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले उहाँकै प्रेरणाले आफुहरुलाई रक्तदान जस्तो महान अभियानमा लाग्न उत्प्रेरित गरेको बताउनु भयो । 


समाजका सचिव भिष्म लोद राजपुतले सहजीकरण गर्नु भएको सो सम्मान कार्यक्रममा पत्रकार एवं सल्लाहकारद्वय पवन जायसवाल र शंकर प्रसाद खनाल, समाज बाँके शाखाका उपाध्यक्ष मन बहादुर केसी र कोषाध्यक्ष मनमोहन वर्मा लगायतको उपस्थिति रहेको थियो ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg