शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३२ जनाले रक्रदान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ माघ, २०८०

रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३२ जनाले रक्रदान

नेपालगञ्ज (बाँके) पवन जायसवाल । 
    सहायताका लागी सहयोगी हातहरु खजुरा गाउँपालिका वार्ड नं.–४ द्वारा रक्तदान जीवनदान, जीवनदान महादान मुख्य उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३२ जनाले रक्रदान गरेका छन् ।
    सुशील कोइराला प्रखर क्यानसर अस्पताल खजुरा,  खजुरा प्रखर परोपकार मिसन नेपाल, आर्दश युवा सञ्जाल खजुराको संयुक्त सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा धु्रव क्षेत्री, उत्सव सिजाली, अशोक कुमार घर्तीमगर, याम बहादुर बिष्ट, मनिक केसी, केशव बहादुर केसी, लाल जंग भण्डारी, बिष्णु बिक, युवराज अधिकारी, सुभम् श्रेष्ठ, रामेश्वर गौतम, अभूषण जंग शाह, आशीष खडका, निखिल गुप्ता, अमित गुरुङ्ग, बिष्णु बुढाथोकी, कमल पुन, भरत बुढा, रोहित सिंह ठकुरी, नरेन्द्र शाही, रेशम सिंह ठकुरी, धु्रव बिसी, अरुनु गुरुङ्ग, श्रृष्टि चन्द ठकुरी, श्याम, बिशाल सुनार, प्रशन्न गिरी, दीपक खडका क्षेत्री, सृर्जना रानामगर, कुन्तु कुमार खत्री लगायत ३२ जनाले रक्तदान गरेका छन् ।
    सुशील कोइराला प्रखर क्यानसर अस्पताल खजुराको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा क्यानसर अस्पताल खजुरामा रहेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र खजुरा इकाई, बाँकेका प्रमुख होमराज गिरी लगायतले सहयोग गरेका थिए । 


 

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg