मंगलवार, २८ आश्विन, २०८२

रणउजिरेश्वरी भगवती रथ यात्रा (खट जात्रा) मा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्‍णु पौडेल पाल्‍पा आउॅदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० श्रावण, २०८२

रणउजिरेश्वरी भगवती रथ यात्रा (खट जात्रा) मा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्‍णु पौडेल पाल्‍पा आउॅदै

२०८२ साउन २९, पाल्‍पा । पाल्‍पाको तानसेनमा हुने २०६औं रण उजेसश्‍वरि भगवती रथ यात्रामा उपप्रधानमंत्री विष्णु प्रसाद पौडेल अाउने भएका छन् । भाद्र १ गते २०६औं रणउजीरेश्वरी भगवतीको रथ यात्रामा आउने सांसद ठाकुर गैरे जानकारी दिएका छन् ।

त्‍यस्‍तै सांसद गैरेले पर्यटन मन्त्री, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री,नेपाली सेनाका प्रधानसेनापती लगायत उच्च पदस्थ ब्यक्तित्वहरुको सहभागिता हुने निश्चित भएको बताए । भाद्र १ गते २०६औं रणउजीरेश्वरी भगवतीको रथ यात्रा पाल्‍पाको तानसेनमा निकालिदै छ ।गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिदै आएको छ ।

कृष्णजन्माष्टमीको भोलि पल्‍ट दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा निकाल्ने प्रचलन रहँदै आएको छ ।

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पनि रथयात्रा निकालने प्रचलन रहिआएको छ । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो ।

भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराइन्‍छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ ।

advertisement_1676553908.gif