मंगलवार, १२ कार्तिक, २०८२

स्थानीय तहमा कानुन निर्माण प्रक्रिया सम्बन्धि अनुशिक्षण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ चैत्र, २०७९

स्थानीय तहमा कानुन निर्माण प्रक्रिया सम्बन्धि अनुशिक्षण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा । स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा शुक्रबार सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा संचालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाको बारेमा जानकारी गराईएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय सरकार सञ्चालनका लागि स्थानीय तहमा विभिन्न कानुन निर्माणको प्रक्रिया,कानुनी आधार र व्यवस्था,कानुन तर्जुमाको आवश्यकता, स्थानीय सरकारको काम कर्तव्य र अधिकारको आधारशिला,अधिकारको वाँडफाँडको ढाँचा र प्रयोग,कानुन निर्माणका सिमा,अधिकार र जिम्मेवारी लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कानुन राज्य संचालनको महत्वपूर्ण पाटो भएको बताउनुभयो । हरेक निकायको सञ्चालन र कार्य सम्पादन कस्तो कानुन निर्माण गर्ने भन्ने विषयले निर्धारण गर्ने उल्लेख गर्नुभयो । राज्य र सरकारलाई सफल पार्न निर्माण गरिने कानुनमा निर्भर हुने भन्दै स्थानिय तहलाई सफल बनाउन सहि कानुनको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै संविधानले व्यवस्था गरे बमोजिम हरेक तह संचालनका लागि सवैले उपयुक्त कानुन बनाउनु पर्ने बताउनुभयो ।

तालिमको सहजिकरण सहजकर्ता अनिल खनालले गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको एक दिने अनुशिक्षण कार्यक्रमको संचालन योजना शाख प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । 

advertisement_1744958411.jpg