शुक्रबार, २ फाल्गुन, २०८१

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ असार, २०८१

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

पाल्‍पा, असार २२ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेर राजमार्गमा अवरुद्ध भएको हो ।

तानसेन–तम्घास सडकखण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सडकमा खसेकाे पहिराे हटाउने काम भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।  

राजमार्ग अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बीच बाटोमै रोखिएको छ । यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट पाल्पातर्फ आउने सवारीसाधनसमेत रोखिएको छ । सयाै सवारीसाधन बाटाेमै राेकिएका छन् । 

अबरुद्ध सडक खुलाउने प्रयास भएपनि पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । 

 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif