शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल पाल्पाको नयाँ कार्यसमिति गठन ।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ असार, २०८०

सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल पाल्पाको नयाँ कार्यसमिति गठन ।

नेपालको विभिन्न सेवा क्षेत्रबाट राष्ट्रलाई सेवा पुर्‍याई सेवानिवृत्त भएका राष्ट्रसेवकहरुको भेलाले सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल पाल्पा शाखा गठन गरेको छ ।

पेसागत महासंघ पाल्पा जिल्लाका अध्यक्ष दीवाकर अर्यालको  अध्यक्षता र राष्ट्रिय उपाध्यक्ष सुशिला श्रेष्ठको प्रमुख आतिथ्यमा संपन्न भेलाले सीताराम घिमिरेको अध्यक्षता मा शालिकराम पहारी र कमला खाती उपाध्यक्ष ,केशवराज नेपाल सचिव ,नारायण भट्टराई उपसचिव ,मित्रलाल नेपाली कोषाध्यक्ष रहेको ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।त्यसै गरी सदस्यहरुमा हीराराज आचार्य,मोतिराज अधिकारी,शिवराज अर्याल ,विमला आचार्य र विनोद वुढापृथी रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पेसागत महासंघ नेपालकी राष्ट्रिय उपाध्यक्ष  सुशिला श्रेष्ठले  यो सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल , राष्ट्रको विभिन्न सेवा क्षेत्र ( निजामति सेवा,शिक्षण, बैंकिङ/वित्त,स्वास्थ/अस्पताल, सार्वजनिक संघ/संस्थान ,स्थानीय निकाय ,सेना।,प्रहरी लगायत करिव २६ सेवा क्षेत्र ) घटकबाट  सेवा पुरा गरि सेवानिवृत जीवन व्यतित गरिरहनु भएका राष्ट्रसेवकहरुको हक हितलाई उजागर गर्दै आईपरेका समस्याहरु समाधान गर्न गराउन दृढ  संकल्प  सहित स्थापना भएको बताइन।उनले सेवानिवृत्त राष्ट्रसेवकहरुमा अपार अनुभवहरु,क्षमताहरु,सीप ज्ञानहरु छन तिनको सदुपयोग गर्न राज्य सक्षम हुनु पर्ने बताइन ।

यसैगरी नव गठित कार्यसमितिको हालै बसेको बैठकले धर्मचन्द्र नेपाल र टंक भट्टराईलाई कार्यसमितिको सदस्यमा मनोनित गरेकोछ भने धातानन्द बस्याल,गोविन्द प्रसाद नेपाल, नारायण अधिकारी,बुद्धि प्रसाद खनाल र राम प्रसाद अर्याललाई सल्लाहकारमा चयन गरिएको सचिव ले जनाएका छन्।  

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg