राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २१ असार, २०८२
२१ असार २०८२, पाल्पा । लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा निर्मित न्यू एकता युवा क्लव तानसेन १ भुषलडाँडाबाट सञ्चालित खुल्ला व्यायामशाला उद्घाटन गरका छन् ।
तानसेन नगरपालिका वडा नं १ को गोर्खेकोटमा निर्मित खुल्ला व्यायामशालामा स्थानीय नागरिकहरुको आकर्षण बढेको छ । उद्घाटन गर्दै मन्त्री सारु ज्यूले नसर्ने रोगको स्थिती भयावह भएको हुँदा त्यसको नियन्त्रणका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले खुल्ला व्यायामशालाको अवधारणा सुरु गरेको बताए ।
उहाँले खुल्ला व्यायामशालाको माग अत्याधिक रहेको भन्दै प्रदेश भरिबाट १५० बढी स्थानबाट यसको माग आएको बताए । खुल्ला व्यायामशालाको प्रभावकारिता राम्रो रहेको र यसलाई सकेसम्म धेरै स्थानमा विस्तार गर्दै जाने बताए ।
निर्माण भएको व्यायामशालाको भरपुर प्रयोग गर्न स्थानीय नागरिकहरुलाई अनुरोध गर्दै मन्त्री सारुले यहाँ आवश्यक अन्य पुर्वाधारहरु क्रमश पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त समेत गरे ।