राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ७ पुष, २०८०
नन्दु यादव । नवलपरासी पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ८बद्रिघाटमा सामुदाय-प्रहरी साझेदारी " कार्यक्रम अन्तर्गत " लागु औषध दुर्व्यसनी न्यूनिकरण "सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवकाे प्रमुख अतिथ्यता मा भएको कार्यक्रममा प्रहरी निरिक्षक यादवले नवलपरासीको पछिल्लो समयमा लागुअाैषध दुर्ब्यसनि बढदै गएको कुरा बताउँदै उक्त घटनालाई प्रहरीले निरुत्साहित गर्नको निम्ति समाज र विद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिदै अाएकाे बताउनुभएको छ।यादवले लागुपदार्थ भनेको के हो ?यस बाट बच्न के कस्तो उपाय अवलम्बन गर्ने, न्यूनिकरण गर्नको लागि व्यक्तिगत तथा सामुहिक रुपमा र सस्थागत रुपमा सावधानी लगायतको विषयमा प्रस्तुतीकरण मार्फत प्रशिक्षण गर्नु भएकाे थियो।
कार्यक्रममा ५० जना काे सहभागिता रहेको थियो। प्रहरीले विभिन्न किसिमकाे जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाएकाे छ ।कार्यक्रम ईलाका प्रहरी कार्यालय बेलाटारी र इन्द्रेणी समाजिक विकास मञ्चको संयुक्त आयोजना मा सम्पन्न भएकाे हाे।यश जनचेतनामूलक कार्यक्रम बाट स्थानिय जनताहरु निकै खुसि भएका छन ।प्रहरी निरिक्षक यादव ईप्रका बेलाटारीमा अाए देखि नै जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाउनु भएकाे छ ।