सोमबार, १६ चैत्र, २०८२

तिनाउ नदीमा डुबेर २ जना बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ चैत्र, २०८२

तिनाउ नदीमा डुबेर २ जना बेपत्ता

२०८२ चैैैत्र ८, पाल्पा । पाल्पाकाे तिनाउ नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । भारतबाट नेपाल घुम्न आएका ७ जनामध्ये दुई जना किशाेर बेपत्ता भएका हुन् ।

तिनाउ गाउँपालिका-३, स्थित तिनाउ नदीमा नुहाउने क्रममा उनीहरू दिउँशाे बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा भारत सन्तवीर नगरका १७ वर्षीय फरान अन्सारी र साेही स्थानका १७ वर्षीय अमान अन्सारी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

बेपत्ता हुने दुबै जना किशाेरकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यहाँ हरेक वर्ष मानिसले डुबेर ज्यान गुमाउने गरेका छन् ।

advertisement_1680627680.gif