शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

टुर दि ठाकुरद्वाराका साइकल यात्रुलाई ‘कैलाश दूरदर्शन’ गराइने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ माघ, २०८०

टुर दि ठाकुरद्वाराका साइकल यात्रुलाई ‘कैलाश दूरदर्शन’ गराइने

नेपालगन्ज ।नेपालगन्ज साइक्लिङ क्लबले यही माघ २५,२५ र २७ मा आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सवको अन्तिम तयारी भइसकेको जनाएको छ । क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई विश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता क्लब र गाडी बिक्रेता वीच भएपछि अब टुर दि ठाकुरद्वारा “बिवाइडी टुर दि ठाकुरद्वारा“ भनेर आयोजना गरिने अध्यक्ष सापकोटाले बताउनु भएको छ ।

बिवाइडिका नेपालगन्ज बिक्रेता टिम इलिभेन इभि प्रालि लिमिटेडका संचालक बसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठुलो इभेन्टसंग सहकार्य गर्न लागेको जनाउँदै खुशी व्यक्त गर्नु भयोे ।

क्लबले कार्यक्रममा देशभर र भारतीय शहरबाट समेत गरि ३०० जना साइकल यात्रीहरु सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगन्जको बागेश्वरी मन्दिरबाट शुरु भै बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्मको १०० किलोमीटर साइकल यात्रा पूरा गरिने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले बताउनु भयो ।

यसैवीच उत्सवको तयारी अन्तर्गत क्लब अध्यक्ष प्रदीप सापकोटाले साइकल उत्सवसँग कैलाश मानसरोवरको दूरदर्शन अवसरलाई जोडिने भएको जानकारी दिनु भएकोछ । नेपालगन्ज साइक्लिङ क्लबले त्यसका लागि आवश्यक पहल थालेको उहाँले बताउनु भयो ।

नेपालगन्ज साइकल उत्सवका सहभागीहरुलाई विशेष अफरसहित माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवरको दूरदर्शनको अवसरसँग जोड्न पहल थालिएको छ,’ इभेन्ट डाइरेक्टर सतिश निरौलाले ‘नेपालगन्ज साइकल उत्सव अन्तर्गत सहभागीलाई २८ माघमा माउन्टेन फ्लाइट मार्फत कैलाश मानसरोवरको

दूरदर्शन गराउन सिद्धार्थ होटेल विजनेस ग्रुपसँगको सहकार्य गरिएको बताउनु भयो । निरौलाले भारतबाट उल्लेख्य संख्यामा साइकल यात्री आउने निश्चित भएकाले यसखालको पहल गरिएका बताउनु भयो ।

क्लबका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा बुधबार बैठकले उक्त निर्णय गर्दै निष्कर्षमा पुगेको हो । क्लबका सहसचिव दिपक मल्लका अनुसार नेपालगन्ज साइकल उत्सव अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । तयारीलाई तिब्रता दिंदै विभिन्न निर्णय गरिएका छन्, सह–सचिव मल्लले यसपटकको इभेन्ट आकर्षक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

क्लब अध्यक्ष सापकोटाका अनुसार टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेची महाकाली साइकल यात्रा पूरा गरेका साइकल यात्रीहरुलाई नाम दर्ता शुल्कमा पाँच सय रुपैयाँ, महिला सहभागीलाई पाँच सय रुपैयाँ छुट गर्ने निर्णय बैठकले गरेकोछ । अध्यक्ष सापकोटाले  भन्नुभयो–१५ वर्ष मुनिका सहभागीलाई एक हजार रुपैयाँमा सहभागी गराइने निर्णय गरिएकोछ ।

साइकल यात्रालाई थप रोमाञ्चक र मनोरम बनाउन क्लवका सदस्य बाबुराम बिकको संयोजकत्वमा रुट व्यवस्थापनको जिम्मेवारी दिइएको जानकारी दिंदै क्लबका उपाध्यक्ष कविराम बुढाथोकीले शनिवार भित्र फाइनल रुट तय गरिने बताउनु भयो ।क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले तयारीमा सबैको सक्रियता जुटेको बताउनु भयो । कार्यक्रमलाई उत्सवका रूपमा आयोजना गर्न कुनै कसर नराखेर तयारी गरिरहेको जानकारी दिंदै क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ताले यसलाइै नेपालगन्जवासीले अपनत्व लिनुपर्ने बताउनु भयो ।

advertisement_1730215456.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg