मंगलवार, १२ कार्तिक, २०८२

तत्काल शुल्क फिर्ता र निर्णयकाे प्रतिलिपि सार्बजनिक गरिनुपर्ने माग :ने.बि.सघ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ जेष्ठ, २०८०

तत्काल शुल्क फिर्ता र निर्णयकाे प्रतिलिपि सार्बजनिक गरिनुपर्ने माग :ने.बि.सघ

नवलपरासी ।केहि दिन अगाडि प्रतापपुर गाॅंउपालिका नवलपरासिले शिक्षा शुधार तथा शिक्षा प्रति रुचि बढाउनकाे लागि स्नातक प्रथम तहमा अध्यनरत छात्राहरुलाई निशुल्क साईकल बितरण गरेकाे मा गाॅंउपालिका  ,कार्यपालिका लगायत सबैमा उच्च सम्मान तथा हार्दिक आभार प्रकट नेपाल बिद्यार्थी सघ त्रिभुवन क्याम्पस ईकाई समितिले गर्दै मनाेमानी रुपमा उठाएकाे रकम प्रति घाेर आपत्ति समेत जनाएकाे छ।

७ वर्ष पूर्व हुँदै नभएको निर्णयलाई आधार मानी सिफारिस बापत ५०० शुल्क विद्यार्थीबाट असुल गरेकोमा नेपाल बिधार्थी सघले आपत्ति प्रकट गर्दै यथासिघ्र उक्त रकम विद्यार्थीहरुलाई फिर्ता गर्न जोडदार माग गरिएकाे ने. बि. संघ का ईकाई सभापति ब्यासमुनी कुशवाहाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

बिना निर्णय अनुसार लिएकाे शुल्ककाे निर्णयकाे प्रमाणिति प्रतिलिपि सार्बजनिक गर्न माग समेत गरिएकाे छ ।साथै QAA सम्बन्ध मा क्याम्पस ले आधारहिन तथ्य सम्बन्धनका लागि बिश्वबिद्यालय अनुदान अायाेगमा गलत बिबरण आफैले भर्ने अनि अन्य सस्थालाई दाेष देखाई पानी माथि ओभानाे बन्ने कार्यलाई तुरुन्त बन्द गर्न बिज्ञ्यपतिमा उल्लेख गरिएकाे छ । QAA प्राप्ती नभए साे काे सम्पुर्ण जिम्मेवारी बर्तमान क्याम्पस प्रमुख र प्रशासन हुने यसै बिज्ञप्ती द्वारा जानकारी गराईन्छ भन्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

advertisement_1676551694.gif