शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

दुई जनाको ज्यान गएको घटनामा प्रहरीले चासो नलिएको गुनासो ।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ पुष, २०८०

दुई जनाको ज्यान गएको  घटनामा प्रहरीले चासो नलिएको गुनासो ।

नेपालगन्ज । यहाँ अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्याको मध्यरातमा मदिरा सेवन गरी  तिव्र गतिमा चलाएको गाडीबाट दुई जनाको ज्यान गएको  छ । घटना भएको ४ दिन भयो, पीडित पक्ष भने प्रहरी कार्यालयमा धाइरहेकै छन् । तर, प्रहरीले पीडितहरुलाइृ राहत दिने र न्याय दिने कुरामा भने चासो नलिएको गुनासो आउन थालेको छ । स्थानीय कारकाँदो स्थित होटेल सिद्धार्थ भ्यूमा आयोजित न्यू इयर इभ मनाएर होटेलको किनारै किनार फुटपाथमा हिंडेर घर फर्कने क्रममा मायाराम चौधरी र आस्थाको ज्यान गएको  हो । 

मृतक मायाराम चौधरीका जेठो दाजु निखिल चौधरीका अनुसार मृतक मायाराम चौधरी होटेल सिद्धार्थ भ्यूका कुक हुन् र आफ्नो ड्यूटी सकेर आफु बस्ने घर नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ सुर्जी गाउँ तर्फ पैदल गइरहेको अवस्थामा गाडीले एक्कासी ठोकेर ज्यान गएको  थियो ।

समाचार अनुसार गस्तीमा रहेका प्रहरीले एम्बुलेन्समा राखेर नेपालगन्ज नर्सिङ होममा पुर्याइएका २४ वर्षिय माया राम चौधरीको भने १ बजेर ४० मिनेटमा मृत भएको घोषणा गरिएको थियो ।

त्यसैगरि बर्दिया राजापुर वडा नं. १ स्थायी घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बस्ने ६५ वर्षिय धर्मराज शाहले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरी अनुसार निजकी नातिनी २४ वर्षिया आस्था शाहको घटना स्थलमै निधन भएको र संगै फर्किरहेकी अर्की भान्जी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ गणेशपुर बस्ने सहनाज शाह शख्त घाइते भएर नेपालगन्ज नसिैङ होममा उपचारर गराइरहेकी छिन् । निजको अवस्था गम्भीर र चिन्ताजनक छ । 

नेपालगन्जबाट करीब १२ बजे तिर कोहलपुर तर्फ जान लागेको मदिरा सेवन गरी अत्यधिक गतिमा चलाएको सुपप्र ०१–००१ च ३४६४ को चालक ३५ वर्षिय राम राज जैसीले चलाएको स्कार्पियो गाडीबाट सुर्खेत रोड कारकाँदो स्थित सीप विकास प्रशिक्षण केन्द्र जाने मोडमा रहेको डोको कटेज रेष्टुरेन्टको सामुन्ने सडकबाट फुटपाथमा गएर मृतकहरुलाई ठक्कर दिएको थियो । गाडी भने रातारात घटनास्थलबाट उठाएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडी मालिक जैसी हिरासतमा रहेका छन् र बाँके जिल्ला अदालतबाट म्याद थप गराई मुद्दा प्रकृया र अनुसन्धान आगाडी बढाइएको छ । 

दुबै मृतकको शब नेपालगन्ज नर्सिङ होममा राखिएको छ । क्षतिपूर्ति र पीडकलाई हदैसम्मको सजायँको माग गर्दै मृतकका आफन्तहरु जिल्ला प्रहरी कार्यालय बाँकेमा तीन दिनदेखि धाइरहेका छन् । तर, प्रहरीले भने गर्दै पीडितहरुलाई न्याय दिने कुरामा चासो नदिएको गुनासो पीडित पक्षले गरेका छन् । जसले गर्दा  शबको  पोष्टमार्टम समेत हुन सकेको छैन । 

घटनाका सम्बन्धमा प्रतिक्रिया दिंदै होटेल सिद्धार्थ भ्यू नेपालगन्जका प्रवन्धक केशव न्योपानेले उक्त घटना दुर्घटना नभइ हत्या भएको बताउँदै पीडकलाई हदैसम्मको सजायँ दिनु पर्ने र पीडित पक्षलाई उचित क्षतिपूर्ति दिलाउनु पर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता विनोद अग्रहरीले अहिलेसम्म घटनाका सम्बन्धमा विस्तृत जानकारी बाहिर नल्याउनुले दोषीलाई बचाउने षडयन्त्र भएको आशंका व्यक्त गर्दै पीडितहरुलाई उचित क्षतिपूर्ति दिलाउनु पर्ने बताए ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg