राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ५ बैशाख, २०८२
५ बैशाख २०८२, दाङ । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । १० जना भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शी पत्रकार केपी घिमिरेले जानकारी दिए ।