शुक्रबार, १० माघ, २०८२

दमकडा माध्यमिक विद्यालयल अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO Logo) प्राप्त गर्न सफल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० मंसिर, २०८२

दमकडा माध्यमिक विद्यालयल अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO Logo) प्राप्त गर्न सफल

२०८२ मंसिर २९, पाल्‍पा । दमकडा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO Logo) प्राप्त गर्न सफल भएको छ । तानसेन नगरपालिका–९ दमकडामा आयोजित एक विशेष समारोहबीच ग्लोबल क्वालिटी काउन्सिलका नेपालस्थित राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालयका अध्यक्ष राजेशकुमार अर्याल तथा प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई उक्त गुणस्तर चिन्ह हस्तान्तरण गरका हुन् ।

आवश्यक अन्तर्राष्ट्रिय मापदण्डहरूमध्ये २० प्रतिशत मापदण्ड पूरा गरेको अवसरमा विद्यालयलाई ISO Logo प्रदान गरिएको हो । यससँगै दमकडा माध्यमिक विद्यालय पाल्पा जिल्लामै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो शैक्षिक संस्था बन्न सफल भएको छ ।

समारोहका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले दमकडा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि रचनात्मक तथा नवप्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको विद्यालय निर्माण गर्ने अभियानमा पाल्पाकै पहिलो संस्थाका रूपमा अगाडि बढेकोमा विद्यालय परिवारलाई बधाई दिँदै यसले स्थानीय शिक्षाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवाली गैरे तथा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले दमकडा माध्यमिक विद्यालयले अरू शैक्षिक संस्थाभन्दा अगाडि बढ्दै गुणस्तर वृद्धि अभियानको थालनी गरेको उल्लेख गर्दै यसको सफलताले समग्र शैक्षिक क्षेत्रलाई सकारात्मक सन्देश दिने धारणा राखेका थिए ।

advertisement_1676998982.gif