मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

दश गजामा लागु औषध विरुद्ध जनचेतनामूलक गोष्ठी ,नागरिक समाजको सहयोग बिना नियन्त्रण असम्भव

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ११ असार, २०८१

दश गजामा लागु औषध विरुद्ध जनचेतनामूलक गोष्ठी ,नागरिक समाजको सहयोग बिना नियन्त्रण असम्भव

नेपालगंज । लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा दिवस भव्यताका साथ मनाइँदै छ ।

सोही अवसरमा आज सोमवार फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन नेपाल–भारत सिमानाको बाँके जिल्लासंग जोडिएको दशगजामा दुई देशका प्रशासनिक, अद्र्ध सैनिक सीमा सरक्षा बल र प्रहरी अधिकारीहरुको सहभागितामा इन्डो–नेपाल क्रस बोर्डर लागुऔषध विरुद्ध सचेतना तथा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उक्त महासंघ नेपालभरि छरिएका लागु औषध तथा पुनःस्थापना केन्द्र्रहरुको छाता संगठन हो ।

प्रमुख आतिथि जिल्ला प्रसाशन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्गले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा दुबै देशका प्रशासनिक तथा सुरक्षा अधिकारीहरु वीच समन्वय तथा सहकार्यमा क्रियाशील रहेको बताउनु भयो । युवा पुस्तालाई बर्वाद गर्ने खालको यस्तो विकृतिलाई नियन्त्रण गर्नु हामी दुबै देशको राज्यको दायित्व भएकोले नागरिक समाजको समेत सहयोग अपरिहार्य हुने कुरामा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले जोड दिनु भयो ।

विशिष्ठ अतिथि रुपैडिहा नगरपालिकाका चेयरमैन डा. उमा शंकर वैश्यले नेपाली युवाहरु सिमानाको बजार रुपइडिहामा आएर निर्वाध रुपमा लागु औषध सेवन गरेर आफुलाई बर्वाद पारिरहेकोले यसको नियन्त्रणमा प्रहरी प्रशासनमा अहम् योगदान हुनुपर्ने विचार व्यक्त गर्नु हुँदै जनचेतना व्यापक रुपमा जागृत गर्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगी, रुपैडिहा एसएसबी ४२ औं बाहिनीका इन्सपेक्टर अनुप रावत, जिल्ला प्रहरी कार्यालय बाँकेका लागु औषध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक यम बहादुर बुढामगर, रुपइडिहा थानाका एसआई विजय कुमारले पनि नागरिक समाज तथा यस क्षेत्रमा कार्यरत संघ संस्था तथा पत्रकारहरुको साथ र सहयोग बिना लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा सफलता पाउन सम्भव नहुने भएकोले सबैसंग सहयोगको अपिल गनु भयो । 
उक्त कार्यक्रममा नेपाल भारत संयु्क्त पत्रकार मञ्चका संयोजक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रुपैडिहाका वरिष्ठ पत्रकार मनीराम शर्मा र गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिव आशीष वर्माले सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध लागी परेको भए तापनि यो जटिल समस्याको गहिराईमा पुग्न नसकेको भन्दै रुपइडिहाका औषधि व्यवसायीहरुसंग समन्वय गरेर अलि कडा निगरानी गर्न सकियो भने यो विकराल समस्याको न्यूनीकरण हुन सक्ने धारणा राख्नु भयो ।

कार्यक्रममा गुल्म जमुनाहाका सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विन कुमार थापा, सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नं. ३० बागेश्वरी गण बाँकेका स.प्र.उ. विमल डाँगी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन वर्मा, जिल्ला प्रशासन कार्यलय बाँकेका वेदेश्वर गौतम, ईलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षकद्वय धनराज बुढाथोकी, खगेन्द्र विश्वकर्मा, लागु औषध विरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सोही अभियानका अभियन्ता श्रीमती राजी रावल र वुँदी सुनारले पनि आफ्नो अनुभव सुनाउँदै सुझाव दिनु भएको थियो भने रुपइडिहाका पत्रकार सञ्जय वर्माले पनि सुझाव दिएका थिए ।

औपचारिक कार्यक्रम शुरु हुनु पूर्व भारतको एसएसबी ४२ औं बी.एन. नानपारा कमाण्डेन्ट एसएसबी गंगा सिंह पनि आउनु भएको थियो ।लागु औषध विरुद्ध दिवस समारोह मूल समिति बाँके, ईलाका प्रहरी कार्यालय जमुनाहाको व्यवस्थापनमा, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, सशस्त्र प्रहरी बल बागेश्वरी बाँके, एफ.डी.डी.आर.नेपाल बाँकेको समन्वयमा आयोजित कार्यक्रमा नेपालका वरिष्ठ पत्रकार कृष्ण अधिकारी, सीमावर्ती क्षेत्र भारतको रुपइडिहाका पत्रकारहरु एस.के. मधेशिया, सन्तोष शुक्ल, शेर सिंह कसौंधन, अंकित अग्रवाल, इरसाद हुसेन, श्याम मिश्रा, भीमसेन मिश्रा लगायतको सहभागिता रहेको थियो । लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा भोलि मंगलवार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको लागु औषध विरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीले जानकारी दिनु भयो ।

दश गजामा लागु औषध विरुद्ध जनचेतनामूलक गोष्ठी ,नागरिक समाजको सहयोग बिना नियन्त्रण असम्भव

advertisement_1676553851.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg