मंगलवार, २८ आश्विन, २०८२

धमाधम फरार अभियुक्त लाई पक्राउ गर्दै नवलपरासी प्रहरी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ चैत्र, २०७९

धमाधम फरार अभियुक्त लाई पक्राउ गर्दै नवलपरासी प्रहरी

नन्दु यादव चैत १२नवलपरासी  ।विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई नवलपरासी  प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो ।

नवलपरासी मा प्रहरी प्रमुख  बिनाेद सिलवाल सरुवा भई आएसँगै फरार अभियुक्त पक्राउ र तस्करी राेक्न थालेका हुन। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लागुअाैषध मुद्दामा , सवारी ज्यान मुद्दामा  ,कुटपिट मुद्दा  ,चाेरि मुद्दा,जालसाजी मुदा र सार्वजनिक मुद्दा गरि कुल १०८जना अभियुक्त लाई पक्राउ गरिएकाे सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनु भयाे।१५लाख ४५हजार ५५७रुपैया जरिवानाबाट राजस्व समेत सन्कलन भएकाे छ  । प्रहरीले अदालतले विभिन्न समयमा फैसला गरि फरार रहेकाहरुलाई प्रक्राउ गरि कारागार चलान गरेको हो ।लामाे समय देखी फरार  रहेकाहरुलाई प्रक्राउ गरिएको प्रहरी प्रमुख सिलवालले जानकारी दिए ।

भर्खर सरुवा भई आउनु भएका सिलवालको विशेष अप्रेशनमा प्रतिवादीहरु प्रक्राउ परेको जनाईएको छ । गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउने पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख सिलवालले बताए ।

एक सफल प्रहरी अफिसरको पहलमा धेरै सुधार हुन्छ भन्ने उदाहरण सिलवाल रहनु भएको छ । कार्यालय परिषदमा जनमैत्रि स्थान,सामन्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा पहिचान बनाएका छन् । गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उनि आएपछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको जिल्लाबासीको भनाई छ।

advertisement_1680627706.gif