शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

विज्ञापन वोर्डले निर्धारण गरेको मापदण्ड अनुसार नै छाप्नु पर्ने ।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ पुष, २०८०

विज्ञापन वोर्डले निर्धारण गरेको मापदण्ड अनुसार नै छाप्नु पर्ने ।

नेपालगन्ज । प्रेस काउन्सिल नेपालको वर्गीकरणमा परेका छापा माध्यमहरुले नेपाल सरकार विज्ञापन वोर्डले निर्धारण गरेको मापदण्ड अनुसार नै विज्ञापन प्रकाशित गर्नु पर्ने एक कार्यक्रममा यहाँ जानकारी दिइएको छ । 


जिल्ला हुलाक बाँकेले आइतवार आयोजना गरेको बाँके जिल्लामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्ने छापा सञ्चार माध्यमहरुसंग गरेको छलफल बैठकमा उक्त निस्कर्ष गरिएको हो । 
बैठकमा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले लोक कल्याणकारी विज्ञापन प्रकाशित गर्ने छापा सञ्चार माध्यमहरुले नियमित रुपमा पत्रिका प्रकाशन गर्नुपर्ने, प्रत्येक महिनाको लागि विज्ञापन वोर्डद्वारा तोकिएको विज्ञापन तोकिएकै पेजमा र तोकिएकै आकारमा प्रकाशित गर्नुपर्ने जानकारी दिनु भयो ।


नेपाल सरकार सूचना तथा प्रशमरण विभागले हरेक जिल्ला हुलाकहरुलाई वर्गीकरणमा परेका स्थानीय छापा माध्यमलाई विज्ञापनको भुक्तानी दिने अधिकार प्रत्यायोजन गरेपछि बेला बेलामा बाँके जिल्ला हुलाक कार्यालयले स्थानीय सञ्चार माध्यमहरुसंग छलफल र अन्तरक्रिया गर्दै आएको छ ।


आइतवार सम्पन्न छलफलका क्रममा निर्धारित समय सीमा भित्र अखबार, बिल भरपाई नपुर्यााउने, मापदण्ड अनुसारको पृष्टमा विज्ञापन नछापिने गरेको लगायतका पत्रपत्रिकाहरुबाट हुने गरेका कमिकमजोरीका बारे पनि बैठकमा सचेत गराइएको थियो भने नियम अनुसार यस्तो अवस्थामा भुक्तानी दिन नसकिने कुरा पनि बैठकमा जानकारी दिइएको थियो । यद्यपि नेपाल सरकार विज्ञापन वोर्डले छापा माध्यमलाई विज्ञापनको नमूना पठाउँदा हरेक महिना उक्त नियमहरु उल्लेख गरेर पत्र पठाएको हुन्छ । 


यसैगरि बैठकमा कहिलेकाँही अखबारलाई उपलब्ध गराइने विज्ञापन रकम पनि बैंक खातामा फरक फरक जम्मा हुने गरेका जस्ता विषयमा पनि छलफल गरिएको थियो । 
स्मरणीय छ, यसअघि लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटा जिल्लाका अखबारहरुले रुपन्देही जिल्ला हुलाकमा अखबार र बिल पठाएर भुक्तानी लिनुपर्ने व्यवस्था थियो । कोरोनाकालमा बाँके जिल्लाका छापा माध्यमहरुले अखबार र बिल समयमै पुर्याउन नसकेको कारण कतिपय अखबारले छापेको विज्ञापनको भुक्तानी नै नपाएको अवस्था थियो भने ३÷४ दशकदेखि नियमित रुपमा नवीकरण भइरहेका प्रेस प्रतिनिधि प्रमाण पत्र र प्रेस पास समेत नवीकरण गर्न हुन नसकेर पत्रकारहरु प्रेस पास विहीन हुन पुगेका थिए । 
यसैगरि सूचना तथा प्रशारण विभागबाट पत्रकारहरुलाई दिइने नयाँ प्रेस प्रतिनिधि प्रमाण पत्र, प्रेस पास, नवीकरण लगायतका सेवा सुविधाहरु बाँके जिल्ला हुलाक कार्यालयबाटै उपलब्ध गराउन थालिएको समेत बैठकमा जानकारी दिइएको छ ।


उक्त बैठकमा बाँके जिल्लाका वर्गीकरणमा परेका १२ वटा सञ्चार गृहका प्रकाशक, सम्पादक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यालय प्रमुख पाण्डेले अघिल्लो महिनाको पत्रिका र बिल भरपाई लगायतका कागजातहरु पछिल्लो महिनाको पहिलो हप्ता भित्र जिल्ला हुलाक कार्यालय बाँकेमा दर्ता गराई सक्नु पर्ने विषयमा पनि जानकारी दिनु भएको थियो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg