राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ जेष्ठ, २०८०
नेपालगन्ज÷ सकारात्मक परिवर्तनद्वारा खुशीयाली जीवन विषयक स्नेह मिलन एवं अभिप्रेरणा कार्यक्रम यहाँ आयोजना गरिएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्ज, बाँकेद्वारा अन्तर्राष्ट्रीय नर्सिङ दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो ।
संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गाको अध्यक्षता तथा पूर्व लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून, सञ्चार तथा सहकारी मन्त्री एवं लुम्बिनी प्रदेश सांसद कृष्ण के. सी. नमुनाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै केन्द्रीय उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी दुर्गाले जीवनमा ठूलो सम्पत्ति भनेको खुशी हो, हरेक परिस्थितिलाई सकारात्मक रुपमा सोंच्दै ओंठमा मुस्कान ल्याउनु होला र त्यही मुस्कानले सबैको सेवा गर्नुहोला, खुशीका साथ बाँच्न सहभागीहरुलाई सल्लाह दिनुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री एवं लुम्बिनी प्रदेश साँसद नमुनाले ध्यान र योग साधनाबाट जीवनमा परिवर्तनको शक्तिको महसूस गर्न सकिन्छ, मेडिटेशनबाट शान्तिको अनुभव महसुस हुन्छ, पेशागत हकहितका लागि राजनीति गरेपनि मानसिक शान्ति र आमाको जस्तो माया ममता पाउन सकिन्छ भन्ने कुराको अनुभूति यो संस्थाले गराएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका क्षेत्रीय उपप्रमुख मोटिवेशनल एण्ड राजयोग प्रशिक्षिका ब्रह्माकुमारी मुनाले “सकारात्मक परिवर्तनद्वारा खुशीयाली जीवन’’ विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने संस्थाका छिन्चु, सुर्खेत उपसेवा केन्द्रका प्रमुख राजयोग प्रशिक्षिका ब्र.कु.आरतीले नर्सिङ बिईङ फर सेल्फ (ल्गचकजष्लन द्यभष्लन ँयच क्भाि) बारे उत्साहवद्र्धक प्रस्तुति गर्नु भएको थियो ।
यसैगरि भेरी अस्पतालका प्रमुख प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले नर्सहरुप्रति सम्मान गरेर हामी नर्सहरुलाई बोलाएर अन्तर्राष्ट्रीय नर्सिङ दिवस यसरी मनाएको सम्भवतः यो पहिलो कार्यक्रम राखीदिएकोमा सराहना गर्दै हामी नर्सभित्र थप उर्जा भरिएको बताउनु भएको थियो ।
सो कार्यक्रममा नेपालगन्ज नर्सिङ क्याम्पसका प्रमुख तुलसा सुनार, नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल, नेपालगन्जका मेट्रोन ममता शर्मा, भेरी अस्पताल, नेपालगन्जका नर्सिङ प्रशासक मानव संसाधन विकास केन्द्र, सुर्खेतका वरिष्ठ नर्सिङ अधिकृत पदमा देवकोटा, नर्सिङ संघ बाँकेका कार्यवाहक अध्यक्ष तारा आचार्य, वेस्टर्न अस्पतालका नर्सिङ प्रमुख पार्वती शर्मा, सिद्धार्थ अस्पतालका नर्सहरु, वैष्णवी अस्पतालका नर्सहरु, एशोदा अस्पतालका नर्स प्रतिनिधि लगायत वरिष्ठ नर्स, नर्सिङ स्वास्थ्यकर्मीहरु, वार्ड इन्चार्ज र नर्सिङ इन्चार्ज, नर्सिङ स्वास्थ्यकर्मी, नर्सिङ क्याम्पसका स्व.वि.यु. टिम सहित विद्यार्थीहरुको उपस्थितिमा “सकारात्मक परिवर्तनद्वारा खुशीयाली जीवन“ विषयक स्नेह मिलन एवं अभिप्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रीय नर्सिंग दिवसको कार्यक्रम आयोजना गरेर निमन्त्रणा गरी नर्सहरुलाई सम्मान गर्नु भएको भन्दै सबैले सर्हाना गर्नु भएको थियो । ब्र.कु.कृष्ण ब.रानाभाटद्वारा स्वागत सहित कविता वाचन , कुमारी नयनाले स्वागत नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन ब्र.कु.मुनाले गर्नुभएको थियो।
अन्तर्राष्ट्रीय नर्सिंग दिवसको उपलक्ष्यमा संस्थाले सुर्खेत र कोहलपुरमा पनि नर्सिंग स्वास्थ्यकर्मीहरुहरुका लागि अभिप्रेरणा कार्यक्रम सम्पन्न गरेको थियो .