शुक्रबार, २२ जेष्ठ, २०८३

आउन सुरु भयो नेपाली आँप बजारमा (फोटोसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

आउन सुरु भयो नेपाली आँप बजारमा (फोटोसहित)

२०८३ जेष्ठ २२, काठमाडौं । काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा लाहान लगायत तराईका विभिन्न क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि चहलपहल बढेको छ । नेपाली आँप समयमै बजारमा आएर आपूर्ति बढेपछि भारतीय आँप क्रमशः विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन् । उपभोक्ताले ताजा र स्थानीय उत्पादन रोज्न थालेकाले भारतीय आँपको माग घटेको हो ।

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जात अनुसार फरक छ । कुलेश्वर फलफूल बजारका अनुसार २२ केजीको क्रेटको बम्बई आँप १ हजार ५ सयदेखि १ हजार ७ सय, माल्दा आँप १ हजार ४ सयदेखि १ हजार ६ सय र २१ केजीको दसहरी आँप १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

नेपाली आँप पर्याप्त मात्रामा भित्रिएकाले बजार भरिभराउ छ भने आगामी दिनमा थप परिमाणमा आँप आउने व्यापारीहरूले बताएका छन् ।

advertisement_1676553908.gif