आईतवार, ११ आश्विन, २०८३

कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको उत्पादन बन्द

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको उत्पादन बन्द

२०८३ असोज ११ ,स्याङ्जा । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको छ ।

निरन्तरको वर्षाले ड्याम क्षेत्र तथा आसपासका बस्तीमा जोखिम बढाएपछि सुरक्षालाई मध्यनजर गर्दै शनिबार रातिदेखि विद्युत् उत्पादन रोकिएको हो । नदीमा पानीको सतह निकै बढेपछि मिर्मीस्थित कालीगण्डकी ‘ए’ का सबै बाँध (ड्याम) का ढोकाहरू खोलिएका छन् ।

सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गर्नुपरेको बताइएको छ । नदीमा पानीको बहाव सामान्य भई स्थिति नियन्त्रणमा आएपछि पुनः नियमित विद्युत् उत्पादन सुरु गरिने जानकारी प्राप्त भएको छ ।

advertisement_1676998982.gif