आईतवार, २४ श्रावण, २०८३

साढे दुई दशकपछि चल्न थाल्यो हेटौँडा कपडा उद्योग

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

साढे दुई दशकपछि चल्न थाल्यो हेटौँडा कपडा उद्योग

२०८३ साउन २३, काठमाडौँ । वर्षौँदेखि थप्प रहेको हेटौँडा कपडा उद्योग नेपाली सेनाको पहलमा मर्मत-सम्भार भई सफल परीक्षण उत्पादनको चरणमा प्रवेश गरेको छ । वि.सं. २०३२ मा चिनियाँ सहयोगमा स्थापना भई २०५७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यस उद्योगलाई पुनः ब्युँताउन सरकारले गत असार १८ गते गरेको निर्णयअनुरुप पुराना मेसिन र विद्युत् प्रणाली सुधार गरी उत्पादन परीक्षण गरिएको हो ।

परीक्षण नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारी तयारी रहेको छ । यसैबिच, प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत ५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै हेटौँडा कपडा उद्योगसहित नेपाल औषधि लिमिटेड, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना जस्ता थला परेका राष्ट्रिय संस्थानहरूमा सुधारको सङ्केत देखिएको बताएका छन् ।

advertisement_1680627680.gif