राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ साउन २३, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी ३ भदौभित्र प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले ३ भदौभित्र विश्वासको मत लिने निर्णय गरेको हो ।
गत ६ साउनदेखि अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ४ भदौभित्र विश्वासको मत लिनुपर्नेछ । त्यसअनुसार कांग्रेस संसदीय दलले एक दिनअगाडि विश्वासको मत लिने निर्णय गरेको हो ।
बैठकले विश्वासको मत लिनुभन्दा एक दिनअघि नै हेटौंडामा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ ।